निजगढ नगरपालिका वडा न ६ मा रहेको श्री कृष्ण प्रणामी मन्दिरमा एकमहिने बितक चर्चा एवम श्री कृष्ण कथा कार्यक्रमको समापन समारोहमा मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादवको प्रमुख अतिथ्यतामा र प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाको नगर प्रमुख सुरथ पुरी र उप प्रमुख सोम माया थिङको बिशिष्ठ अतिथ्यतामा आज सम्पन्न भएको छ । प्रणामी समाजका प्रखर बिद्वान सास्त्री श्री घनश्याम अधिकारीको मुखारबिन्दबाट एक महिना सम्म कथा बाचन भएको कार्यक्रमको अन्तिम दिन आज दिनभर सत्सङ, भजन कृतन हुनुको साथै मध्य रातिको १२ बजे श्री कृष्ण प्राकाट्य महोत्सव गर्दै आजको कार्यक्रम सम्पन्न हुनेछ भने मंगलबार बिहान रथयात्रा गर्दै कार्यक्रमको समापन हुने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष यादव कुमार तिमल्सिनाले जानकारी दिनुभएको छ । प्राकाट्य महोत्सवको अवसरमा उपस्थित प्रमुख अतिथी यादव द्वारा संघीय सम्सद अच्युत प्रसाद मैनालिको विशेष अनुरोध एवम नगर प्रमुख सुरथ पुरी र मन्दिर ब्यवस्थापन समितिका अध्यक्षको विशेष आग्रहमा कार्यक्रममा उपस्थित भएको बताउनुभएको छ । समाजमा ब्यभिचार,अन्यायको विरुद्ध लाग्दै समाजलाई गोलबद्द तवरले अगाडी बढ्न धार्मिक गतिबिधिले योगदान गर्ने बताउदै मन्त्री यादवले निर्माणाधिन श्री कृष्ण प्रणामी सामुदायिक सभाहलको अपनत्व मधेश प्रदेश सरकारले लिने घोषणा गर्दै अब तत्काल प्रदेश सरकारको प्राबिधिक टोलि पठाएर कार्य अगाडी बढाउदै स्वयम् आफुले पनि अनुगमन गर्ने बताउनुभएको छ । नगर प्रमुख सुरथ पुरीलाई सभाहलको निरन्तर प्रगतिको अनुगमन गर्न समेत मन्त्री यादवले बताउनुभएको छ । सभाहलको निर्माण कार्यलाई पुर्णता दिनको लागि प्रदेश सरकारले बहुबर्षिय योजनाको रुपमा समाबेश गर्ने समेत बताउनुभएको छ ।प्रदेश संसद मिना लामा,निजगढ नगर प्रमुख सुरथ पुरी,उप प्रमुख सोम माया थिङ लगायतले मनतब्य राखेको कार्यक्रममा पुर्व उप प्रमुख लिलादेवी लामिछाने खनाल,वडा अध्यक्षहरु घनश्याम तिमल्सिना, टेक बहादुर लामा,सुर्य बहादुर थापामगर,गोकुल तिमल्सिना, पुर्व निजगढ उपाध्यक्ष अम्बिका प्रसाद चौलागाई, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुदर्शन प्रसाद कोईराला लगायत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि एवम प्रणामी समुदायका भक्तजनको बाक्लो उपस्थिति रहेको थियो । मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष यादव कुमार तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भिम प्रसाद सापकोटाले गरेका थिए ।


