निजगढमा झडप, प्रहरीद्वारा हवाई फाएर

निजगढ विदेशी समाचार

मध्यरातमा निजगढ नगरपालिका ८ स्थित खयरघारीमा प्रहरीले हवाई फायर गरेको छ । स्थानिय युवाहरुले खयरघारीमा रहेको शान्त प्रसाद दाहालको घरमा तोडफोड गरेको सुचना प्राप्त भएर पुगेको प्रहरी र करिव ५०, ६० जना युवाको समुहबिच विवाद बढेपछि स्थिति नियन्त्रण लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ ।

स्थानिय युवाको समुह र प्रहरीबिच समेत हातपात भएको थियो । हातपातका क्रममा एक प्रहरी र एक युवा घाईते भएका छन भने ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा खयरघारीका २० वर्षिय निसान राई, १९ वर्षिय निश्चल राई, २९ वर्षिय अगम प्रसाद दाहाल रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *