निजगढ नगरपालिकाको वडा न ९ मा रहेको सामुदायिक प्रसुतीगृहमा आईतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक अस्पतालको आयोजनामा गरेको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन । अस्पताल हरुमा रगतको अभाव देखिएकोले सस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको सामुदायिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष माधव न्यौपानेले जानकारी दिनुभएको छ । केही बर्ष पहिलादेखी अस्पतालले हरेक बर्षको एकपटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रममा निजगढ नगरपालिकाको नगर प्रमुख सुरथ पुरी द्वारा रक्तदाताहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा उप प्रमुख सोम माया थिङ, विभिन्न संघ सस्थाका प्रतिनिधि,सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
