निजगढमा कपर वाईर हटाएर फाईवर प्रबिधिको प्रयोग

निजगढ सूचना-प्रविधि

नेपाल टेलिकम निजगढ शाखाले हिजोबाट कपर वाईर हटाएर फाईबर तार प्रविधिको ईन्टरनेट सेवा सुरु गरेको छ ।

टेलिकमको निजगढ कार्यालयमा एक कार्यक्रमबीच निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीले कपर वाईरको स्विच बन्द गरेर फाईरबर वाईरको स्विच अन गर्नुभएपछि नयाँ प्रविधिको सेवा शुरु भएको हो । सो अवसरमा निजगढमा कपर वाईर पुर्ण रुपमा बन्द भएको र फाईबरबाट चल्ने नयाँ प्रविधिको ईन्टरनट सेवा सुचारु भएको घोषणा गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले निजगढका केही स्थानमा अझै पनि नेपाल टेलिकमको टावरले राम्रोसँग काम नगरेकाले सेवा प्रभावकारी तुल्याउन आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *