हिमचुली साना किसान कृषि सहकारीको १४औ  साधारण सभा सम्पन्न

निजगढ समाचार

निजगढ नगरपालिका- ९ मा रहेको हिमचुली साना किसान कृषि सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा आज निजगढ़को शुभकार्य बेन्क्युटको सभाहलमा सम्पन्न भएको छ । हिमचुली साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष दुर्गा कुमारी घिमिरे कोईरालाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि संबिधान सभा सदस्य एवं नेपाल सरकारका पुर्व मन्त्रि पुरुषोतम पौडेल रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि पौडेलले सहकारी संस्थाहरुले स्थानीय कृषि पेशामा आवद्ध कृषकहरुका लागि लगानीमा जोड दिनुपर्ने बताउँदै यसका लागि साना किसान कृषि सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेकोमा प्रसंशा गरेका छन् । कार्यक्रमका बिशिष्ट अतिथि संघिय संसद अच्युत मैनाली, निजगढ नगरपालिकाको नगर प्रमुख सुरथ पुरी, अतिथिहरु उप प्रमुख सोम माया थिंग, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सचिव थानेश्वर सापकोटा, नेफ्स्कुनका केन्द्रीय सदस्य शोभा राउत लगायतले सस्थाले गरेको प्रगतिको प्रंशसा गर्दै साधारणसभा सफलताको शुभकामना मनतब्य राखेका थिए | सस्थाको बार्षिक प्रतिबेदन अध्यक्ष कोईरालाले प्रस्तुत गर्नुभएको थियो भने लेखा परिक्षण प्रतिबेदन लेखा समितिका संयोजक रामचन्द्र मण्डलले र आर्थिक प्रतिबेदन सस्थाका व्यवस्थापक सुर्य तिमिल्सिनाले प्रस्तुत गरेका थिए | साधारण सभामा प्रस्तुत सबै प्रतिबेदनहरु सर्वसम्मत पारित भएको थियो | डिभिजन सहकारी कार्यालय बारामा २०६६ साल माघ १८ गते दर्ता भएको सस्थाले हाल १९६ समूहका ११०८ सदस्यमा तथा ३२८ ऋणी सदस्यहरुमा कारोबार गर्दै आएको छ | सस्थाले साना किसान सदस्यहरु लाई समुहमा आवद्द गराएर कृषि तथा पशुपालन कर्जामा जोड दिदै आएको अध्यक्ष द्वारा प्रस्तुत प्रगति प्रतिबेदनमा उल्लेख गरिएको छ | आर्थिक वर्ष २०८०/०८१को अन्त्य सम्ममा ५३ लाख ७० हजार सात सय शेयर रकम रहेको छ भने बचत संकलन दुई करोड ४५ लाख ८३ हजार नौ सय ९० रुपैया रहेको छ | सस्थालेछ गत आ.वा.को अन्त्य सम्ममा छ करोड ७८ हजार छ सय ७१ रुपैया सदस्यमा कर्जा लगानी गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ | सस्थाले १६ लाख ९० हजार आठ सय त्रिचालिस रुपैया खुद नाफा भएको प्रतिबेदनमा उल्लेख गरिएको छ |   सस्थाको १४औ साधारण सभाको अवसरमा असल कारोबार सदस्य सम्मानमा समूह न १४९ का मन कुमारी दाहाल,जेष्ठ सदस्य सम्मान समूह न ५१ बाट हिरा कुमारी देवकोटा, असल समूह बचत तर्फ समूह न १६ का सदस्यहरु, शेयर सदस्यका छोरा छोरी हरुले सामुदायिक बिधालयबाट एस.ई.ई.मा सर्बोकृष्ट अंक ल्याउने छात्र तर्फ अवसर आचार्य र छात्रा तर्फ सस्कृति अधिकारीलाई सम्मान गरोको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *