चौथो निजगढ खुल्ला भेट्रान्स फुटबल प्रतियोगिताको दोश्रो दिन आज बारा जिल्ला क्षेत्र न १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय अच्युत मैनालिको विशेष उपस्थितमा सम्पन्न भएको छ । आज सम्पन्न भएको पहिलो न्यू युनिक भेट्रान्स खैरवा डुमरवाना बारा र ओझेल भेट्रान्स टाङियाबस्ती बारा बिच सम्पन्न खेलम युनिक भेट्रान्सले ७ गोलको विरुद्धमा शून्य गोल गरेको थियो भने दोश्रो खेल आयोजक चौतारा भेट्रान्स निजगढ ७ र रतनपुरी भेट्रान्स निजगढ ११ बिच सम्पन्न खेलमा चौतारा भेट्रान्सले २ गोलको विरुद्धमा शून्य गोल गर्दै आयोजक चौतारा भेट्रान्स बिजय बनेको छ । आयोजना सफलताको शुभकामना ब्यक्त गर्दै माननीय सम्सद अच्युत मैनालिले मकवानपुरमा अबिरल बर्षाको कारण स्वर्गारोहण हुनुभएका प्रशिक्षार्थी खेलाडी बिकल रेग्मी लगायतका खेलाडीहरु प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवारजन प्रती समबेदना ब्यक्त गर्नुभएको छ । कार्यक्रममा बोल्दै निजगढ नगरपालिका द्वारा स्व बिकल रेग्मीको सम्झनामा प्रतेक बर्ष बिकल स्मृति जुनियर फुटवल प्रतियोगिता सन्चालन गर्ने घोषणा गरेकोमा निजगढ नगरपालिका लाई धन्यबाद समेत ब्यक्त गर्नुभएको थियो । खेल अवलोकन गर्न निजगढ नगर प्रमुख सुरथ पुरी, वडा अध्यक्षहरु मंगले लोप्चन, सुर्य बहादुर थापामगर,घनश्याम तिमल्सिना, निजगढ खानेपानी सस्थाका अध्यक्ष सुदर्शन प्रसाद कोईराला, बारा जिल्ला फुटबल संघका सदस्य भोला ढुंगाना, होटल तथा पर्यटन ब्यवशायी संघ बारा जिल्ला अध्यक्ष रामकृष्ण घिमिरे लगायत स्थानीय खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । आज सम्पन्न खेलमा आयोजक चौतारा भेट्रान्स बाट वडा अध्यक्ष टेक बहादुर लामा टीमबाट किपरमा खेलेका थिए भने रतनपुरी भेट्रान्स बाट निजगढ ११ न वडा अध्यक्ष सहिया गुरोले स्टाईकरको भुमिका बाट खेलेका थिए । पहिलो खेलको म्यान अप दि म्याच युनिक भेट्रान्सका जर्सी न ११ का आश्मा प्रसाद चौधरीले पाएका छन् भने दोश्रो खेलको म्यान अप दि म्याच चौतारा भेट्रान्स बाट जर्सी न १० का शेखर लोप्चनले पाएका थिए । भोलिको खेल डुमरवाना भेट्रान्स बारा विरुद्ध न्यु जनजागृती भेट्रान्स सिमरा बिच हुने भएको छ । नेत्रोदय माध्यामिक बिधालयको प्रांगणमा संचालन भएको खेलमा ११ वटा टीमको सहभागिता रहेको छ । खेलमा प्रथम हुने टीमले नगद ३० हजार नगद सहित मेडल र ट्रफी पाउनेछन भने दोश्रो हुने टीमले २० हजार नगद मेडल र ट्रफी पाउने आयोजक चौतारा भेट्रान्स खेल समितिका अध्यक्ष दिल बहादुर पुलामिले जानकारी दिनुभएको छ ।

