निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले नेपाल टेलिकमको टावर निजगढका केहि वडाहरुमा राम्रो सँग काम नगरेकाले छिटो सुचारु गर्नुपर्ने माग गर्नुभएको छ ।
जीतपुर–सिमरामा आयोजित नेपाल टेलिकमले हिजो आयोजना गरेको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख पुरीले प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौ–निजगढ फास्ट ट्रर्याकको संगमस्थलको रुपमा रहेको निजगढका केही वडाहरुमा नेपाल टेलिकमको र अन्य दुरसंचार कम्पनीको टावर पनि नटिप्ने समस्या भएकाले यथासिघ्र सेवा प्रभावकारी तुल्याउनु पर्ने बताउनुभयो ।
