निजगढ नगरपालिका वडा न ६ मा रहेको बागदेव दुग्ध उत्पादक सहकारी सस्थाको १४औ बार्षिक साधारणसभा संघिय संसद अच्युत मैनालीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ | प्रमुख अतिथि मैनालीले पानसमा दीप प्रज्वलन गरेर साधारण सभाको उद्घाटन गर्दै सस्थाले गरेको कामको प्रोत्साहन गर्नुभएको छ | कार्यक्रममा बोल्दै मैनालीले कृषकले दुग्धको भुक्तानी नपाएको बिषयमा आफुले पटक पटक संसदमा कुरा राखेको जानकारी गराउदै यस क्षेत्रको प्रतिनिधि रहेकोले आफुले सस्थाको हितमा हुने तथा दुग्धको भुक्तानीमा बिशेष चासोका साथमा काम गर्ने बताउनुभएको छ | कार्यक्रमका बिशिष्ट अतिथि निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीले नगरपालिकाले कृषक प्रोत्साहन बापत प्रती लिटरमा आधारित अनुदान उपलब्ध गराईएको स्मरण गर्दै त्यो रकम प्रयाप्त नभएको बताउनुभएको छ । मुलुकको आर्थिक अवस्था कमजोर बनिरहेको अवस्थामा नगरपालिकाको आर्थिक गतिबिधी समेत प्रभाबित बनेको कारण सोचे जस्तो कृषकलाइ प्रोत्साहन गर्न नसकेको भएपनी आगामी दिनमा थप गर्ने प्रतिबद्धता जनाउदै किसानको दुग्धको भुक्तानी ढिला भएकोमा आफ्नो विशेष चासो रहेको बताउनुभएको छ । बजारमा हल्ला भएजस्तै सस्थाको गतिबिधी नरहेको पाईएकोले सम्पुर्ण शेयर सदस्य एवम कृषकहरुलाई हल्लाको पछाडी लाग्नु भन्दा सस्थाको र राज्यको बर्तमान अवस्थाको बारेमा जानकारी लिनुपर्ने कुरामा जोड दिनुभएको छ । उप प्रमुख सोम माया थिंगले सस्थाले उत्पादन गरेको दुग्ध जन्य सामाग्रीको बजारीकरण गर्दै थप उत्पादनमा जोड दिनुपर्ने बताउदै सस्थाको साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ | सस्थाको संसोधित विनियम अनुसार सस्थाको सात स्थानमा ईकाई भेला सम्पन्न गर्दै सम्पूर्ण बिषयमा ब्यापक छलफल पश्चात पारित गर्दै प्रतिनिधिम चयन गरेर आएका सदस्यहरुको सहभागितामा सस्थाको १४औ साधारणसभा आज सम्पन्न गरेको छ | कार्यक्रममा वडा अध्यक्ष घनश्शयाम तिमल्सिना, मधेश प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष डा. शम्भु शाह, बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पुरुषोतम भट्टराई , सस्थाका सल्लाहकार समिति सदस्य तथा पुर्व अध्यक्ष थानेश्वर सापकोटा, लोकप्रीय साकोसका अध्यक्ष एवं सस्थाका पुर्व अध्यक्ष अम्बिका प्रसाद चौलागाई, निजगढ सहकारी संजालका संयोजक एवं सगरमाथा साकोसका अध्यक्ष भोला प्रसाद गौतम लगायतले सस्थाको साधारणसभा सफलताको शुभकामना मनतब्य राखेका थिए | १४ औ साधारणसभाको अवसर पारेर पत्रकारिता क्षेत्रमा रहेर सस्थाको हितमा कार्य गरेबापत पत्रकार महासंघ बारा जिल्ला शाखाका सदस्य तथा न्युज २४ टेलिभिजनका बारा सम्बाददाता प्रल्हाद तिमल्सिनालाई सम्मानपत्र द्वारा सम्मान गरिएको छ | त्यस्तै सस्थामा सबैभन्दा बढी दुग्ध बिक्री गर्ने निजगढ वडा न ५ बकैया ठाकुर पशुपालन फर्मका संचालक भवानी सापकोटा, वडा न ४ का कैलाश खड्का र वडा न ६ का राम प्रसाद हुमागाई लाई सम्मान गरेको छ भने सस्थाको उत्कृष्ट कर्मचारीमा दुग्ध संकलक पदमा कार्यरत अच्युत गौतम तथा पुर्व संचालक समितिका सदस्य हरुलाई सम्मान गरिएको छ | सस्थाले उत्पादन गरेको सामाग्रीको बजारिकारणमा उल्लेख्य योगदान गरेबापत अर्का कर्मचारी केशव प्रसाद सापकोटालाई कदर पत्र द्वारा सम्मान गरिएको थियो | १४ औ साधारण सभाको अवसरमा १३ औ साधारणसभाबाट निर्वाचित भएर राजिनामा दिनुभएका सस्थाको कोषाध्यक्ष पदका रामहरी खरेलको स्थानमा भोला प्रसाद ढुंगाना, त्यस्तै उप सचिव निर्मल बजगाईको स्थानमा गङ्गा प्रसाद दंगाल ,लेखा समितिका सदस्य रामप्रसाद हुमागाईको स्थानमा देवकी अधिकारीलाई चयन गरेको छ भने रिक्त रहेको महिला सदस्य पदमा लीलामाया सुनारनी लाई चयन गरेको छ | नव निर्वाचित सदस्य हरुलाई आजै सपथ समेत गराईएको छ | सस्थाको विनियम अनुसार रिक्त रहेको स्थानमा पदपूर्ती गर्नकोलागी संचालक समितिले निर्णय गरेअनुसार नगरपालिकाको सहकारी शाखा प्रमुख अजय उप्रेतीको संयोजकत्वमा रहेको निर्वाचन समितिले सार्वजानिक गरेको निर्वाचन तालिका अनुसार आवश्यक रहेको सबै पदमा एक एक जनाको मात्र मनोनयन परेकोले निर्बिरोध निर्वाचित भएको जानकारी गराईएको थियो | सस्थाको अध्यक्ष थानेश्वर सापकोटाको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सस्थाको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन एवं नीति तथा कार्यक्रम, लेखा समितिका संयोजक राजन तिमल्सिना द्वारा प्रस्तुत गरिएको लेखा समितिको प्रतिबेदन र सस्थाको व्यवस्थापक सरोज अधिकारी द्वारा प्रस्तुत आर्थिक गतिबिधि समेटिएको आर्थिक प्रतिबेदन सर्बसम्मत पारित गरिएको छ | कार्यक्रममा पुर्व संचालक समितिका अध्यक्ष टिकाराम तिमल्सिना, कृष्ण प्रसाद बन्जारा, गौरीशंकर माध्यामिक विधालयका प्राधानाध्यापक यादव कुमार तिमल्सिना,सार्वजानिक मा.बि.का प्रधानाध्यापक हस्त बहादुर लामा, पत्रकार गोकुल घोरसईने, महेश्वर अधिकारी,शान्तराज सापकोटा लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण सस्थाका सचिव प्रकाश सापकोटाले गरेका थिए |

