माघको ११ गते देखि २२ गते सम्म प्रथम निजगढ महोत्सव आयोजना हुने

निजगढ

निजगढ नगर उधोग बाणिज्य संघको आयोजनामा आउदो माघको ११ गते देखि २२ गते सम्म प्रथम निजगढ महोत्सव आयोजना हुने भएको छ | नगर उधोग बाणिज्य संघ द्वारा आज पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमको सार्वजानिक गरेको छ | पत्रकार सम्मेलनमा संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठका अनुसार राष्ट्रीय तथा स्थानीय उत्पादनको बजार पहिचान एवं औधोगिक तथा ब्यापारीक प्रचार प्रसार एवं पर्यटन पर्बदनका लागी आवश्यक बाताबरण तयार गर्ने उद्देश्य राखेर कृषि, पर्यटन तथा औधोगिक ब्यापार महोत्सव गर्न लागेको बताएका छन् | आर्थिक मन्दीका कारण थला परेको आर्थिक गतिविधिलाई चलायमान बनाउदै आन्तरिक तथा बाह्य पर्यटन पर्बर्दनमा महोत्सवले टेवा पुग्ने बिश्वास समेत श्रेष्ठले बताउनुभएको छ | निजगढ नगरपालिका वडा न ८ स्थित खयरघारी मैदानमा आयोजना गर्नलागेको महोत्सवमा एक सय पचास वटा स्टल राखिने भएको छ | स्थानीय परिकार, कृषि तथा हस्तकला सामाग्रीको बजार पर्बर्दन गर्न चाहने स्थानीयहरुको लागी बिस वटा स्टल निशुल्क उपलब्ध गराउने श्रेष्ठले बताउनुभएको छ | १२ दिन सम्म संचालान हुने महोत्सवमा राष्ट्रीय स्तरका ख्याती प्राप्त कलाकारहरु द्वारा प्रतेक दिन सास्कृतिक कार्यक्रम गर्नुको साथै स्थानीय कला र सस्कृतिलाई प्राथमिकताको साथ प्रस्तुत गरिने बताउनुभएको छ | महोत्सवमा नगरको स्थानीय कला,सस्कृति, सम्पदा, मौलिक पेशा, परिकार, उत्पादनको पर्बर्दन हुनुको साथै पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउन सफल हुने बताएका छन् | हरेक दिन बिहान ११ बजे देखि साझ ७ बजेसम्म संचालन हुने महोत्सवमा स्थानीय कला, सस्कृति, पेशा, प्रकृति,सम्पदा र जीवनशैलीको जीवन्त अवलोकन र अनुभव गर्न सकिने आयोजकले बताएका छ | स्थानीय केराको परिकार, दुग्धको परिकार, उत्पादित कृषि सामाग्री लगायत आगन्तुकको रुचिलाई ध्यानमा राखेर महोत्सवको डिजाईन गर्नुको साथै सबै उमेर समुह, बृद्ध, बयस्क, युवा, बालबालिकाहरुले सहज रुपमा अवलोकन गर्दै विभिन्न परिकारको स्वादिष्ट खानेकुरा खानपाउने दाबि आयोजकको रहेको छ | विभिन्न जाति समूहको पहिचान झल्कने झाकी, लाखे नाच, कौडा नाच,लाठी नाच, थारु नाच तथा नगर भित्र रहेका विभिन्न जात जातिका पर्दर्शन महोत्सवमा गरिने भएको छ | निजगढ नगरपालिकाको बिशेष सहयोग रहने महोत्सवमा करिव ८० लाख देखि एक करोड रुपैयासम्म खर्च हुने अनुमान रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ | महोत्सवको स्टल बुकिंग भै रहेको जानकारी गराउदै उधोग बाणिज्य संघमा दर्ताभई आर्थिक वर्ष २०८०/०८१ को नवीकरण भएका फर्म हरुले स्टल बुकिंगमा २५ प्रतिशत रकम छुट दिने व्यवस्था मिलाएको श्रेष्ठले बताउनुभएको छ | महोत्सवको सम्पूर्ण गतिबिधि संचालनको लागी श्री राजधानी राइड्स नेपाल फर्म लाई स्वीकृति दिइएको आयोजकले बताबताएको छ | निजगढ नगर उधोग बाणिज्य संघको सभाहलमा भएको पत्रकार सम्मेलनमा समितिका द्वितीय उपाध्यक्ष नवराज मैनाली, तृतीय उपाध्यक्ष उषा लामा मोक्तान, महासचिव गोविन्द न्यौपाने लगायत सदस्यहरुको सहभागिता रहेको थियो | महोत्सवमा दुई लाख मानिसले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *