निजगढ नगरपालिका वडा न १० को कार्यालय द्वारा वडा भित्र रहेका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको घर घरमा पुगेर हर्लिक्स र थर्मस वितरण गरेको छ | बिहिबार वडा अध्यक्ष आशाकाजी श्रेष्ठको नेतृत्वमा ५४ जना जेष्ठ नागरिक र ११ जना अपाङ्गता भएका व्यक्तिहरुको घरमा पुगेर आधाकिलो हर्लिक्स र तातो पानी राख्नको लागी एक लिटरको थर्मस वितरण गरिएको हो | वडा कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को बार्षिक कार्यक्रममा जेष्ठ नागरिक सम्मान शिर्षकमा बिनियोजन गरिएको एक लाख रकमबाट उक्त समान वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ | चिसो बढे सगै वडा कार्यले सामाग्री वितरण गरको हो | हरेक वर्ष वडा कार्यालयले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान स्वरूप विभिन्न सामाग्री वितरण गर्दै आएको छ | गत वर्ष सिरक वितरण गरेको थियो | सामाग्री वितरण कार्यक्रममा नगरपालिकाकी कार्यपालिका सदस्य समेत रहेकी मनमाया मगर, वडा सदस्य मेघा राज वाईवा,रेणु परियार र वडा सचिव भगवती रिमालको सहभागिता रहेको थियो |
